राष्ट्रिय
समाचार.
- कांग्रेस नेता रामहरि खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए।
- जीवनाथ खतिवडा डिल्लिबजार डेरामा निधन भएका थिए र उनी लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
- उनको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।
१६ कात्तिक, काठमाडौं। कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ ।
खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए।
उनका अनुसार डिल्लिबजार डेरामा निधन भएको हो । खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
उनको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

