― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
Homeराष्ट्रिय समाचारकांग्रेस नेता अब्दुल सतार – KhabarHost

कांग्रेस नेता अब्दुल सतार – KhabarHost


फाइल तस्वीर



१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले विशेष महाधिवेशनका लागि नेताहरूले खुट्टा कमाउनु नपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सतारले विशेष महाधिवेशनका लागि २ हजार ४८८ प्रतिनिधिले गरेको मागको सुनुवाइ हुनुपर्ने बताए ।

महामन्त्री गगन थापाले पेस गरेको नियमित महाधिवेशनको समय अनुसार महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानैपर्ने उनले बताए ।

निर्वाचनभन्दा पहिला महाधिवेशन गरियो भने निर्वाचनमा अन्तर्घात हुन्छ भन्ने तर्क औचित्यहीन रहेको उनले बताए ।

नेताहरूलाई प्रश्न गर्दै उनले भने, ‘यदि हामीले अन्तर्घातकै विषयवस्तुलाई आधार मान्ने हो भने २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरले के अन्तर्घात गर्दैन ? सक्नुहुन्छ रोक्न ? त्यसकारण प्रक्टिकल भएर जाऔं ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More