― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsकांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय



३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।

बैठकमा १५औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ ।

मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।

जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालय सहित सबै कार्यालायको पुनर्निर्माणको छलफल बैठकमा हुनेछ ।

बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपद्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।

शेरबहादुर देउवाले २८ असोजदेखि कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको हुँदा उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More