― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsकांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन – KhabarHost

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन – KhabarHost



३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

बुधबार बिहान ८ बजेका लागि डकिएको बैठक अहिलेसम्म बस्न नसकेको हो ।

बैठकमा सहभागी हुनका लागि सहमहामन्त्री बद्री पान्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकीका मुख्यमन्त्री लगायतका केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राति साढे ७ बजे सुरु भएलगत्तै आज बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बिहान ८ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More