― Advertisement ―

मैले लुकेको ChatGPT सेटिङ फेला पारे जसले AI ले सोच्ने कत्तिको कडा परिवर्तन गर्छ — र फरकले मलाई छक्क पार्यो

आज, मैले IPhone मा मेरो औँला माथि राख्दा ChatGPT माथिको बटन माथि राख्दा ChatGPT बटन माथि राख्दा arrow) अलि धेरै लामो छ, र मलाई...
HomeLatest newsकांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै – KhabarHost

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २२ पुस, मंगलबार बिहान ११ बजे पुन: बस्ने भएको छ।
  • बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी र चुनावी तालमेलबारे छलफल हुने छ।
  • कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने अन्तिम तयारी गरिरहेका छन्।

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । सोमबारबाट सुरू भएको बैठक आज बिहान ११ बजे पुन: बस्ने भएको हो ।

बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् ।

सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।

त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए ।

आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।





Read More