― Advertisement ―

एक लोकप्रिय माइक्रोसफ्ट आउटलुक एड-इन प्रयोगकर्ता खाताहरू चोर्न प्रयास गर्न अपहरण गरिएको छ – यहाँ कसरी सुरक्षित रहने छ।

माईक्रोसफ्टको आउटलुक एड-इन माईक्रोसफ्ट एड-इन स्टीविङ एड-इन सहमत आक्रमणकारीहरूले 4,000 खाताहरू, क्रेडिट कार्ड डेटा, र बैंकिङ सुरक्षा जवाफहरू चोरेMicrosoft ले एड-इन हटायो; प्रयोगकर्ताहरूलाई पासवर्डहरू...
HomeLatest newsकांग्रेस कार्यबाहक सभापति र महामन्त्री छलफल जारी – KhabarHost

कांग्रेस कार्यबाहक सभापति र महामन्त्री छलफल जारी – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच १५औं महाधिवेशनको मिति तय गर्न बैठक जारी छ।
  • महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि महाधिवेशन गर्न दबाब दिइरहेका छन् भने खड्का भने निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा छन्।
  • संस्थापन इतर समूहले १६ पुसमा महाधिवेशन गर्ने कार्यतालिका तयार पार्न र केन्द्रीय कार्यसमितिमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

१४ कात्तिक, काठमाडौं । नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।

कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।

त्यसपछि शुक्रबार बिहान बसेको संस्थापन इतर समूहको बैठकले आगामी १६ पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पार्न र आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

बैठकले कार्यतालिका पेश गर्नुअघि कार्यबाहक सभापतिसँग छलफल गर्ने जिम्मेवारी पनि दिएको थियो।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More