― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsकांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर –...

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर – KhabarHost


फाइल तस्वीर



११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।

स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए ।

शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले विधान र संविधानको सीमाभित्रै रहेर देश र कांग्रेसभित्रका सबै समस्याको निकास सम्भव रहेको बताए ।

‘शीर्ष नेतृत्व तहमा र अन्य समूहबीच फरक–फरक ढंगले गहन छलफल चलिरहेको छ । पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा ठाडो शीरसहित होमिने वातावरण बन्दैछ,’ उनले भने, ‘अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौं ।’

महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र दिनुपर्नेमा जोड दिए ।

‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ,’ उनले भने, ‘भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।’

नेता महरले जेनजी पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने पनि बताए ।

पार्टीभित्र युवाको सम्मानजनक उपस्थितिका लागि आफूले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ठोस प्रस्ताव राखेको महरले जानकारी दिए ।

‘मैले जारी केन्द्रीय समितिमा युवाहरूको हरेक तहमा नेपाली कांग्रेसभित्र न्यूनतम ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्न प्रस्ताव पेस गरेको छु,’ उनले भने ।





Read More