― Advertisement ―

MSI को Stealth A16 ले Ryzen AI 9 HX 370 प्रोसेसर 64GB को DDR5 सँग जोडेको छ र हाल $300 छुट छ

यदि तपाईं गति वा प्रदर्शन गुणस्तरमा सम्झौता नगरी रचनात्मक काम र भारी उत्पादन कार्यहरूको लागि पावरहाउस ल्यापटप खोज्दै हुनुहुन्छ भने, मैले जाँच गर्न लायकको...
HomeLatest newsकलाकारले दिए सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली (तस्वीर)

कलाकारले दिए सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली (तस्वीर)


राष्ट्रिय

समाचार.

  • अभिनेता सुनिल थापाको पार्थिव शरिर चलचित्र विकास बोर्डमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ।
  • थापाको शवलाई नर्भिक अस्पतालबाट बोर्डमा लगिएको थियो र अहिले शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ।
  • थापाको निधन हृदयघातका कारण ६८ वर्षको उमेरमा शनिबार बिहान भएको थियो।

काठमाडौं । अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो ।

पाका कलाकारहरू नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे ।

सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान गरेको थियो । अहिले थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ ।

त्यसअघि शवलाई नर्भिक अस्पतालबाट बोर्ड लगिएको थियो । मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागिएको हो । हृदयघातको कारण शनिबार बिहान थापाको ६८ वर्षको उमेरमा निधन भएको थियो ।





Read More