― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsकर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- जेनजीको मस्यौदामा काम गर्नुस्, परेको म बेहोर्छु

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- जेनजीको मस्यौदामा काम गर्नुस्, परेको म बेहोर्छु



१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग हुन लागेको सम्झौताको मस्यौदामा सक्रिय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न जेनजी प्रतिनिधिहरू पुगेका थिए । सो क्रममा उनीहरूले मस्यौदाको काम कहाँ पुग्यो ? भन्दै चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी सोमबारसम्म अन्तिम रुप दिनेगरी मस्यौदाको ड्राफ्टमा काम भइरहेको छ ।

उक्त काममा सक्रिय भएर खट्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सो क्रममा हस्ताक्षर गरेकै आधारमा आफूले जेजे भोग्नपरे पनि भोग्न तयार रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

‘जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ,’ उनले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला ।’

आफूले मात्रै नभइ आफ्नो मन्त्रिपरिषद् पनि त्यसको जिम्मेवारी लिने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

विशेषगरी सो मस्यौदामा कर्मचारी प्रशासनले काम गर्न ढिला गरेकोप्रति प्रधानमन्त्री कार्कीको गुनासो रहेको निकट स्रोतको भनाइ छ ।

सोही कारण पनि प्रधानमन्त्री कार्कीले जेनजीहरूकै सामु कर्मचारी प्रशासकहरू समेत यसबारे चिन्ता लिन नपर्ने बताइन् ।

‘मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्नैन,’ प्रधानमन्त्री कार्कीको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More