― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsकतारमा रहेका नेपालीलाई दूतावास वरपर अनुशासन पालना गर्न आग्रह

कतारमा रहेका नेपालीलाई दूतावास वरपर अनुशासन पालना गर्न आग्रह


राष्ट्रिय

समाचार.

  • कतारको दोहास्थित नेपाली दूतावासले कार्यालय परिसरमा अनुशासन पालन गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।
  • दूतावासले बिहान ५ बजेदेखि भिडभाड, पार्किङ र होहल्ला नगर्न सूचित गरेको छ।
  • सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन र बिहान ८ बजेपछि उपस्थित हुन आग्रह गरिएको छ।

२६ कात्तिक, काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।

दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ ।

दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको भन्ने गुनासो बारम्बार प्राप्त भएकाले यस्तो सूचना जारी गरिएको दूतावासले जनाएको छ ।

साथै, सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन आउन र बिहानको ८ बजेपछि मात्र उपस्थित हुन आग्रह गरिएको छ । सेवासम्बन्धी कार्यका लागिमात्र उपस्थित भई अनावश्यक लामो समयसम्म बस्ने काम नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More