― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest news‘कठघरा’ बुधबारदेखि हिमालय टिभीमा प्रसारण हुने – KhabarHost

‘कठघरा’ बुधबारदेखि हिमालय टिभीमा प्रसारण हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • टेलिभिजन कार्यक्रम ‘कठघरा’ हिमालय टिभी र ओएसआर युट्युब च्यानलबाट बुधबारदेखि १८ एपिसोडमा प्रसारण सुरु हुने भएको छ।
  • कार्यक्रमले सार्वजनिक जीवनसँग जोडिएका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्य राखेको आयोजकले बताए।
  • निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको अवधारणा र प्रश्नको दिशाबारे, न्यायाधीश मिथिला शर्माले निष्पक्षता र विवेकको महत्वबारे बोले।

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कठघरा’ को प्रसारण बुधबारदेखि हिमालय टिभीमा सुरु हुने भएको छ । सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि शो स्ट्रिम हुनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको सन्दर्भमा कार्यक्रम आउन लागेको जनाइयो ।

‘कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन् ।

आगामी निर्वाचन र पछिल्लो समय जेन-जीसहितका युवापुस्ताबाट उठिरहेका आवाज र आन्दोलनले देशमा पारदर्शीता र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कार्यक्रमले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमका निर्माता थमनकुमार भण्डारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, अवधारणाबारे प्रकाश पारे । कथानक फिल्म निर्माण गर्दै आएका निर्माता भण्डारी टेलिभिजन कार्यक्रमको निर्माणतर्फ अग्रसर भएका हुन् ।
कार्यक्रममा डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने नयाँ अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिबद्धता प्रस्तुत गरे ।

सो अवसरमा आधिकारिक प्रसारणसम्बन्धी घोषणा पनि गरियो । यो कार्यक्रम हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटीमार्फत आउँदो बुधबारदेखि सुरु हुनेछ ।

कूल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधवार राति ८ बजेदेखि दर्शकले कार्यक्रम हेर्न सक्नेछन् । पत्रकार सम्मेलनमा निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदानप्रदान गरियो ।

हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको सहकार्यलाई निर्माता भण्डारीले कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे ।

कजारिया टायल्स शीर्ष प्रायोजकका रूपमा छ भने इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैङ्क, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप र को-स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन् ।

निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको अवधारणा, संरचना र प्रत्येक प्रश्नको दिशाबारे आफ्नो धारणा राखे । न्यायाधीशको भूमिकामा रहेकी अभिनेत्री मिथिला शर्माले कार्यक्रमभित्र निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे बोलिन् ।

सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More