― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsओलीको आह्वानमा झलनाथ सकारात्मक, एकताका लागि ४ शर्त

ओलीको आह्वानमा झलनाथ सकारात्मक, एकताका लागि ४ शर्त



१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शुक्रबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिललाई सकारात्मक रुपमा ग्रहण गरेको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विशेषगरी चार बुँदा प्रस्तुत गर्दै त्यसमा सकारात्मक भएर एमाले अघि बढेमा एकताको सुरुवात हुनसक्ने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन र पछिल्लो समसामयिक राजनीतिबारे चर्चा गर्दै पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

ओलीको उक्त आह्वानबारे खनालले भने, ‘यो आह्वानलाई सामान्यतया: हामी सकारात्मक नै लिन्छौं ।’

तर, एमालेसँग एकताका लागि मुख्य चार कुरामा सहमति हुनुपर्ने खनालको भनाइ छ ।

पहिलो, मार्क्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । यो जबज आदी लगायतका विषयमा रहने कुरा हुँदैन ।

दोस्रो, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं । हामी समाजवादी क्रान्ति अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ । समाजवादी क्रान्तिको अवधि हो । हामी समाजवादी क्रान्ति अघि बढाउनुपर्छ भन्ने मान्नुपर्छ ।

तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने मान्नुपर्‍यो ।

चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त आदीमा एकरुपता हुनुपर्‍यो ।

यी चार विषयमा आधारभूत सहमति भएसँगै वामपन्थी एकता सुरु गर्न तयार रहेको उनले बताए ।

‘यी कुराहरूमा आधारभूत एकता भयो भने हामी जुनसुकै वामपन्थी शक्तिसँग एकता सुरु गर्न तयार छौं,’ उनले भने, ‘यसको सुरुवात एमाले वा अरुसँग पनि हुन्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More