― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsओरियन्टल होटलको साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने

ओरियन्टल होटलको साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा असोज ३१ गते सम्पन्न भएको छ।
  • गत आर्थिक वर्ष २०८१/८२ मा होटलको कुल आम्दानी १ अर्ब ८ करोड र खुद नाफा ४ करोड ३८ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ।
  • कम्पनीले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

३१ असोज, काठमाडौं । ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको साधारणसभाले गत आर्थिक वर्षसम्मको वार्षिक वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित, असार मसान्तको वासलात, नाफा नोक्सान हिसावकिताव विवरण पारित गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा होटलको कुल आम्दानी १ अर्ब ८ करोड रुपैयाँ भएको कम्पनीले जनाएको छ । जसबाट खुद नाफा ४ करोड ३८ लाख प्राप्त गरेको छ ।

पछिल्लो समय नेपालमा भित्रिने पर्यटकको संख्यामा कमी आएकाले कम्पनीको नाफा प्रभावित भएको छ । यस कम्पनीले निर्माण गरेको अपार्टमेन्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

यसैबीच कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १ सेयर बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँको हकप्रद सेयर निष्कासन हुनेछ । उक्त रकमबाट कम्पनीको पुरानो परिसरमा रहेका तल्ला पुननिर्माण गर्न उपयोग हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More