― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
HomeLatest newsओम अस्पतालको क्यान्टिनमा भेटियो म्याद गुज्रिएका उपभोग्य वस्तु, ७ दिन बन्द

ओम अस्पतालको क्यान्टिनमा भेटियो म्याद गुज्रिएका उपभोग्य वस्तु, ७ दिन बन्द


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले राजधानीका अस्पतालका क्यान्टिनको खाद्य स्वच्छता अनुगमन गरेको छ।
  • चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ।
  • अनुगमन टोलीले कीट नियन्त्रण सुधार्न, लेबलयुक्त खाद्यवस्तु प्रयोग गर्न र आगलागी जोखिम न्यूनीकरण उपकरण राख्न निर्देशन दिएको छ।

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका विभिन्न अस्पतालका क्यान्टिनको खाद्य स्वच्छता अनुगमन गरेको छ ।

यस क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ ।

हेल्दी बाइट्स सर्भिसेस प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिन अनुगमन क्रममा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक कीट नियन्त्रण (पेस्ट कन्ट्रोल) व्यवस्था र लेबलविहीन खाद्यवस्तु प्रयोग लगायत गम्भीर लापरबाही भेटिएका थिए ।

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिनले व्यवसाय दर्तासमेत नगरेको पाइएकाले ७ दिनका लागि बन्द गरी स्पष्टीकरण सहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन टोलीले सञ्चालककै उपस्थितिमा म्याद गुज्रिएका ५ थान (५ सय मिलिलिटर) दूध नष्ट गरेको थियो ।

ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार संरचना मर्मत, रङरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र क्यान्टिन पुनः सञ्चालनमा ल्याइने छ ।

यसै क्रममा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको विभागले जनाएको छ । तथापि, दुवै क्यान्टिनमा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको उल्लेख छ ।

त्यस्तै मेडिकेयर अस्पतालको क्यान्टिनमा पनि लेबलविहीन खाद्यवस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानीमा एमोनियाको मात्रा मापदण्ड भित्रै रहे पनि थप सुधारको आवश्यकता देखिएको थियो ।

अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई कीट नियन्त्रण प्रभावकारी बनाउन, पूर्णलेबल सहित प्रशोधित खाद्यवस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादित वस्तुमात्र प्रयोग गर्न, आगलागी जोखिम न्यूनीकरणका उपकरण राख्न र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग–अलग राख्न निर्देशन दिएको छ ।

त्यसैगरी हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए तापनि खाद्य रङको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थमात्र बिक्री र आगलागी जोखिम न्यूनीकरणका उपकरण थप बलियो बनाउन सुझाव दिइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More