― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsएसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसनमा नासा नेपाल

एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसनमा नासा नेपाल


राष्ट्रिय

समाचार.

  • नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल)लाई अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)को प्रेसिडेन्सियल अवार्डका लागि एसिया प्यासिफिक क्षेत्रबाट छनोट गरिएको छ।
  • एफआईएको अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल इन्स्टाग्राममा नासा नेपाललाई उत्कृष्ट सूचीमा समावेश भएकोमा बधाई दिएका छन्।
  • डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको तासकेन्तमा हुने एफआईएको साधारण सभामा नासा नेपाललाई अवार्ड प्रदान गरिनेछ।

२२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।

एफआईएका १५१ राष्ट्रका स्पोर्ट्स फेडेरेसनहरूमध्ये  महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र सो अवार्डका लागि अन्तिम सूचीमा समावेश भएका छन् ।

एफआईएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल इन्स्टाग्राम मार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् ।

उक्त अवार्डका लागि अफ्रिकाबाट सिचेलिस, युरोपबाट स्वीडेन, एसिया प्यासिफिकबाट नेपाल, उत्तर अमेरिकाबाट केमन आइल्याण्ड, दक्षिण अमेरिकाबाट ब्राजिल र मिडल इस्टबाट युएईको संघ छनोट भएका छन् ।

प्रत्येक वर्ष सदस्य संघहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफल इभेन्ट, विशेष अभियान, प्राप्त उपलब्धि तथा संघको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ ।

ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकनपछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ । यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन उम्मेदवारी दिएका थिए, जसको प्रारम्भिक एसूची फआईएले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोर्ट्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूत तहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पुर्‍याएको हो ।

संघको नवौं साधारण सभाबाट पारित ‘नासा नेपालः टोलदेखि वर्ल्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।

यही डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने एफआईएको साधारण सभामा सो अवार्ड प्रदान गरिने जानकारी अवार्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको नासा नेपालले जनाएको छ । यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुने पनि नासा नेपालले जनाएको छ ।

नेसनल मोटर स्पोर्ट्स एचिभमेन्ट अवर्डका लागि एसिया प्यासिफिक, मिडल इस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी ६ वटा उत्कृष्ट फेडेरेसनमध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुने बाँकी छ ।

विश्वभरका मोटरस्पोर्ट्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी एफआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् । सन् १९०४ मा पेरिसमा स्थापना भएको एफआईएले फर्मुला वन लगायत सम्पूर्ण मोटर स्पोर्ट्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ । नासा नेपाल पनि सन २०१२ देखि एफआईएको पूर्ण सदस्यका रूपमा आबद्ध छ ।

कमजोर पूर्वाधार, सीमित साधन–स्रोत र प्रविधि अभावका बीच पनि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट सूचिमा पर्नु संघका अफिसियल, प्रविधिक र खेलाडीहरूको निरन्तर परिश्रम र प्रतिबद्धताको प्रतिफल भएको र यसले संघलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा दिएको नासा नेपालले जनाएको छ ।





Read More