― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsएसियन कप गुमाउनुको पीडा अझै छ : साम्बा – KhabarHost

एसियन कप गुमाउनुको पीडा अझै छ : साम्बा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले एएफसी महिला एसियन कपमा छनोट हुन नसकेको पिडा अझै बाँकी रहेको बताएकी छिन्।
  • ट्राईनेसन्स कप महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको छ।
  • नेपालले एसियन कप छनोटमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएर छनोट हुन सकेको थिएन।

११ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले एएफसी महिला एसियन कपमा छनोट हुन नसकेको पीडा अझै बाँकी रहेको बताएकी छिन् ।

ट्राईनेसन्स कप महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सोमबार भारतलाई २-० ले पराजित गरेपछि सावित्राले आफ्नो फेस बुकमा स्ट्यास लेख्दै पिडा नसकिएको जनाएकी हुन् ।

उनले भारत विरुद्धको जित मह्तवपूर्ण भएको र एसियन कप पुग्न नसकेको पिडा व्यक्त गरेकी हुन् । ‘राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो । तर भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो,’ साम्बाले लेखेकी छन्, ‘एसियान कप गुमाउनुको पिडा अझै छ किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौं ।’

जुनमा भएको एसियन कप छनोटमा उज्वेकिस्तानसँग निर्णायक खेलमा पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपाल महिला एसियन कपमा छनोट हुन असफल भएको थियो ।

नेपालले पछिल्लो समयमा भारत विरुद्धको अपराजित यात्रा कायम राख्न सफल भएको छ । ट्राइनेसन्स फुटबलको पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो ।

अब नेपालले भारत विरुद्ध नै अनौपचारिक मैत्रीपूर्ण खेल खेल्दैछ । कप्तान सावित्राले अन्तिम अनौपचारिक मैत्रीपूर्ण खेलको लागि टोलीलाई शुभकामना दिएकी छिन् । ‘किनकि यसले हाम्रो गहिराइ परीक्षण गर्न मद्दत गर्नेछ ।’





Read More