― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
HomeLatest newsएसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ

एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ


राष्ट्रिय

समाचार.

  • २४औं एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ सम्म हुनेछ र नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले सहभागिता जनाउनेछन्।
  • विश्व आर्चरी कंग्रेस नोभेम्बर ६ देखि ८ सम्म ढाकामा हुनेछ र राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ र महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन्।
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी टोलीलाई बुधबार बिदाइ गरी खेल सामाग्री हस्तान्तरण गर्दै शुभकामना दिए।

१९ कात्तिक, काठमाडौं । २४औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ । त्यसमा नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस्तै नोभेम्बर ६ देखि ८ मा ढाकामै हुने विश्व आर्चरी कंग्रेसमा राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन् ।

एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बुधबार बिदाइ गरिएको छ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार बिदाइ गरे ।

श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More