― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsएरिका कराते विश्व च्याम्पियनसिपका लागि छनोट – KhabarHost

एरिका कराते विश्व च्याम्पियनसिपका लागि छनोट – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कराते स्टार एरिका गुरुङ आगामी मंसिर ११ देखि १४ गतेसम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।
  • वर्ल्ड कराते फेडेरेसनले एरिकाको युनिभर्सालिटी कोटामार्फत छनोट भएको जानकारी गराएको छ ।
  • नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले पनि कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ ।

१० कात्तिक, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ आगामी नोभेम्बर २७ देखि ३० (मंसिर ११-१४ गते) सम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।

यसअघि फ्रान्सको पेरिसमा भएको कराते विश्व च्याम्पियनसिप क्वालिफायरमा सुरुवाती तीन खेल जिते पनि निर्णायक खेलमा चुक्दा छनोट हुन नसकेपनि एरिकाले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएका हुन् ।

वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) ले नेपाल कराते महासंघलाई पत्र लेख्दै एरिका युनिभर्सालिटी कोटामार्फत कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएको जानकारी गराएको छ । अब नेपाल कराते महासंघले उनको सहभागिता पक्का हुने निर्णय पठाउनुपर्नेछ ।

कराते विश्व च्याम्पियनसिप करातेको सबैभन्दा ठूलो प्रतियोगिता हो । जहाँ विश्वका उत्कृष्ट ३२ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् । एरिकाले यसअघि मोरोक्कोमा भएको कराते वान प्रिमियर लिग खेल्दै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पहिलो सहभागितामै कराते वान प्रिमियर लिगमा जितेको उक्त पदक एरिकाले जितेको ठूलो पदक हो ।

यसअघि नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ । उनी वरियताका आधारमा छनोट चरण नखेली सिधै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् ।

एरिकासहित नेपालबाट चार खेलाडीले पेरिसका भएको क्वालिफायर खेलेका थिए । महिला ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी एरिकाले त्यहाँ आफ्नो पुलको तीनवटै खेल जितेर पुल विनरको रुपमा नकआउट चरणमा स्थान बनाएकी थिइन् । तर अष्ट्रियन खेलाडीसँग ५-२ ले पराजित हुँदा त्यतिबेला उनी छनोट हुन असफल भएकी थिइन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More