― Advertisement ―

‘यी नयाँ नम्बरहरू अत्यन्तै चिन्ताजनक छन् र म भन्छु कि तिनीहरू अस्थिर छन्’: टेक्सासले डाटा केन्द्रहरूलाई कर छुटमा $ 1 बिलियन भन्दा बढी दिनेमा...

प्रत्येक वर्ष केन्द्रमा थप डेटा हराउँदै गएको छ। करपहिले मात्र केही मिलियन, राज्यले मात्र 2026 मा $ 1.3 बिलियन गुमाउन सक्छसमर्थकहरू भन्छन लाभहरूमा ठूलो...
Homeराष्ट्रिय समाचारएमालेले महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने

एमालेले महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने


राष्ट्रिय

समाचार.

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ।
  • प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चार जना प्रतिनिधि छनोट हुनेमा एक जना अनिवार्य ४० वर्षमुनिका युवा हुने एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताए।
  • एमालेले मङ्सिर १३ गते प्रतिनिधि चयन गर्ने र मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ।

१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।

देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन्।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ।

उनले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताए ।

अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उहाँको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ।





Read More