― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsएमालेले दल दर्ता गरेपछि रक्षाले भनिन्– लोकतान्त्रिक यात्रामा स्वागत छ

एमालेले दल दर्ता गरेपछि रक्षाले भनिन्– लोकतान्त्रिक यात्रामा स्वागत छ


राष्ट्रिय

समाचार.

  • जेनजी अगुवा रक्षा बमले नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको स्वागत गरेकी छन्।
  • उनले संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको र अहिलेको सरकारलाई कमजोर बनाउन खोजिरहेको उल्लेख गरेकी छन्।
  • बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई जनताबाट अस्वीकृत हुनु परेको आक्रोश व्यक्त गरेकी छन्।

९ मंसिर, काठमाडौ । जेनजी अगुवा रक्षा बमले प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गराएको स्वागत गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले शंकाको सुविधा सहित एमालेलाई लोकतान्त्रिक यात्रामा स्वागत गरेकी छन् । ‘..एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ,’ उनले लेखेकी छन् ।

संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको उनले लेखेकी छन् ।

‘..संक्रमणकालीन अवस्थालाई झन् अप्ठ्यारोमा पार्दै लोकतनत्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन्, र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन्,’ उनले लेखेकी छन् ।

जेनजी फ्रन्टकी संयोजक रहेकी बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई भने सत्ताबाट बाहिरिनु परेको र जनताबाट अस्वीकृत हुनु परेको आक्रोश भनेकी छन् ।

‘… सत्तासँगको ब्रेकअप पछि, जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुनर्स्थापनको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्,’ उनले लेखेकी छन्, ‘रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तो छ उनको रुवाई ।’

चुनाव हुन दिन्नौं भन्ने जेनजीहरूलाई पनि रक्षाले प्रश्न गरेकी छन् ।

‘आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन् उनीहरू ? नाइ मलाई त्यही सत्ता चाहिन्छ भन्ने ओलीहरू र हामी चुनाव हुन दिन्नौ भन्ने जेनजी साथीहरु, तपाईंहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौं,’ उनले भनेकी छन् ।

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको पनि लेखेकी छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More