राष्ट्रिय
समाचार.
- नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनावपछि मात्रै गर्ने निर्णय गरेको छ।
- मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन निर्वाचन सम्पन्न भएपछि गरिने अपानिमा उल्लेख छ।
- एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ र १० प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था छ।
२४ पुस, काठमाडौ । नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनाव पछि मात्र गर्ने भएको छ ।
अपानि जारी गर्दै केन्द्रीय सदस्य मनोनयन चुनावपछि हुने जानकारी दिएको हो ।
‘मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ,’ अपानिमा भनिएको छ ।
गत मंसिर अन्तिम साता सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ । यसको १० प्रतिशत मनोनीत गर्न सकिने वैधानिक व्यवस्था छ ।

