― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsएमाले रुकुमपूर्वका प्रतिनिधि सभाका उम्मेदवार कैलाश मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमाले रुकुमपूर्वका प्रतिनिधि सभाका उम्मेदवार कैलाश मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश



६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा मल्लले ५ हजार २११ मत प्राएका थिए ।

एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा लाग्ने निर्णय सार्वजनिक गर्दै मल्लले पार्टीभित्र गुटगत स्वार्थ, राजनीतिक असमानता र ‘जनवादी केन्द्रीयता’ विपरीतका व्यवहारले आफू निराश भएको बताएका छन् ।

‘७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएपछि एमालेभित्रको नेतृत्व चरित्रभन्दा निराशा बढ्दै गयो’, उनले भने ।

जनयुद्धकालीन पृष्ठभूमि, सेनाद्वारा गिरफ्तारी र शिवपुरीमा भोगेको यातनासहितको राजनीतिक यात्रालाई स्मरण गर्दै मल्लले माओवादी मूलधारका कार्यकर्ताप्रति एमाले नेतृत्वले गरेको ‘नकारात्मक व्यवहार र बहिष्कार प्रवृत्ति’ले आफूलाई अलग हुन बाध्य बनाएको बताए ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेर एमालेले ‘अहंकारी प्रवृत्ति देखाएको’ आरोपसमेत उनले लगाए ।

रुकुम–रोल्पाजस्ता ‘रातो भूगोल’ प्रति देखिएको उदासीनता, शहीद परिवारप्रति बेवास्ता र भ्रष्टाचारको संरक्षण पार्टीभित्र सामान्यजस्तै बनेको उनको आरोप छ ।

मल्लले प्रचण्डदेखि झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताले मूल कम्युनिस्ट धारमा फर्किन प्रेरित गरेको भन्दै आफू अब नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जुट्ने प्रतिवद्धता व्यक्त गरे। ‘फुटेर होइन, जुटेर मात्रै रुकुमपूर्वको समृद्धि सम्भव छ’, मल्लले भने ।





Read More