― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsएमाले महाधिवेशनमा लिङ्देन- अब नयाँ समझदारी कायम गर्नुपर्छ

एमाले महाधिवेशनमा लिङ्देन- अब नयाँ समझदारी कायम गर्नुपर्छ



२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उपलब्धीहरूलाई जोगाएर राजनितिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच सझजदारी गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले २००७, २०४६ र २०६२/०६३ का उपलब्धीहरू प्रजातन्त्र, बहुदलिय व्यवस्था र समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने पनि बताए । सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडी बढाउन सकिने उल्लेख गरे ।

‘नेपालका ठूला राजनितिक परिवर्तनहरू २००७ साल, २०४६ साल र २०६२/०६३ ती परिवर्तनहरूमा हामी कोही जन्मिएको थिएनौँ होला, कसैको कुनै परिवर्तनमा हाम्रो सहभागिता थिएन होला, ती परिवर्तनमा हामी कसैको सर्मथन थिएन होला,’ पोखरेलले भने, ‘तर ती तीन परिवर्तनका तीन महत्त्वपूर्ण उपलब्धीहरू २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६२/०६३ को समावेशी र समानुपातिकता यी तीनवटा विषयलाई जोगाएर अब देशमा नयाँ सझदारी कायम गर्नुपर्छ ।’

हाल मृत अवस्थामा रहेको संविधानलाई व्युताएर मुलुकमा थप जोखिम निम्त्याउन नहुने उनको भनाइ थियो । निषेधको राजनिति, चरम भ्रष्टाचार, वेरोजगारी, संवैधानिक अंगहरूमा गरिएको दलियकरण लगायतका कारण भदौ २३ र २४ गतेको विद्रोह भएको बताए ।

अब देशलाई सबैले जित्नेगरी अगाडी बढाउनुपर्नेमा जोड दिँदै उनले एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुन नहुने उल्लेख गरे ।

‘हाम्रा आ–आफ्ना राजनितिक दर्शन र मान्यताहरू रहेका छन् । कसैले यो संविधान विना यो देश नै चल्दैन भन्छौँ होला, कसैले पहिलेदेखि नै यो संविधान अपूर्ण छ, यो संविधान भन्ने चीज गीता, बाईवल, कुरान होईन, यो फेर्न नसकिने, यो संसोधन गर्न नसकिने होइन । यसलाई फेर्नुपर्न, संसोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ, हामीले भनिराखेका थियौं,’ उनले भने, ‘वास्तवमा अहिले संविधान कहाँ छ ? संविधान त मरिसकेको छ । त्यसकारणले त्यो संविधानलाई जर्वजस्त व्युताएर देशलाई थप दुर्घटनामा लैजाने भन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ । यो २३ र २४ गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नपर्‍यो । त्यसमा कसैको योजना र उक्साहटले पनि काम गरेको थियो होला ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More