― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsएमाले महाधिवेशनका लागि बने ११ वटा उपसमिति, कुनमा को ?

एमाले महाधिवेशनका लागि बने ११ वटा उपसमिति, कुनमा को ?



४ मंसिर, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन, प्रचार, मञ्च व्यवस्थापन, स्वास्थ्य र आर्थिक उपसमितिहरू बनाइएको हो ।

प्रत्येक समितिमा एक जना संयोजक र एक जना सचिव तोकिएका छन् ।

कुन समितिमा को को ?

१) प्रतिनिधि व्यवस्थापन समिति

 संयोजक: काशीनाथ अधिकारी

 सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

 संयोजक: प्रदीप ज्ञवाली

 सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

 संयोजक: छविलाल विश्वकर्मा

 सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

 संयोजक: लेखाराज भट्ट

 सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

 संयोजक: गोकर्ण विष्ट

 सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

 संयोजक: रघुवीर महासेठ

 सचिव: महेश बर्तौला

७) स्वयंसेवक परिचालन समिति

 संयोजक: भानुभक्त ढकाल

 सचिव: विनोद पाण्डे

८) प्रचार समिति

 संयोजक: पद्मा अर्याल

 सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

 संयोजक: विनोद श्रेष्ठ

 सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

 संयोजक: कृष्ण गोपाल श्रेष्ठ

 सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

संयोजक: विष्णु रिमाल

सचिव: विना श्रेष्ठ

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More