― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsएमाले-प्रलोपा तालमेल, नेकपालाई के पर्ला प्रभाव ? – KhabarHost

एमाले-प्रलोपा तालमेल, नेकपालाई के पर्ला प्रभाव ? – KhabarHost



११ माघ, काठमाडौं । नेकपा (एमाले) र नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेको तीन बुँदे सहमतिले नव गठित प्रलोपालाई कति लाभ होला शुरुमा त्यसबारे चर्चा गरौं । सहमति अनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले प्रलोपाका उम्मेदवारलाई मत दिनेछ ।

रुकुम पश्चिममा प्रलोपाबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मा उठेका छन् । २०७९ मा उनले एमाले उम्मेदवारले भन्दा तेब्बर बढी मत ल्याएर जितेका थिए । माओवादीबाट उठेका शर्माले ३९ हजार ५४९ मत ल्याउँदा एमालेका नन्दराम सापकोटाको १२ हजार ९६१ मत थियो ।

तर गत निर्वाचनयता सानी भेरीमा धेरै पानी बगिसकेको छ । शर्मा आफैं माओवादीमा छैनन् । त्यतिबेला उनले समानुपातिकतर्फ आठ हजार ७६६ मत पाएको नेपाली कांग्रेस र एक हजार ५१० मत पाएको नेकपा (एकीकृत समाजवादी) लगायतको साथ पाएका थिए ।

यो सहमतिसँगै शर्मालाई समानुपातिकमा आठ हजार ७६९ मत पाएको एमालेले समर्थन गर्ने भएको छ ।

त्यस्तै, रुकुम पूर्वमा प्रलोपाका सन्दिप पुनले एमालेको साथ पाउने भएको छन् । समानुपातिकमा एमालेले रुकुम पूर्वमा तीन हजार ६५९ भोट पाएको थियो ।

नेकपालाई के प्रभाव पर्ला ?

सहमतिमा कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेलाई साथ दिने भनिएको छ ।

प्रलोपाले सघाउने भनिएका निर्वाचन क्षेत्रहरू मध्ये गत निर्वाचनमा प्युठानमा मात्र एमालेले जितेको थियो । र, सल्यान बाहेक सबैमा एमाले दोस्रो स्थानमा थियो ।

एमाले दोस्रो भएका क्षेत्रहरू मध्ये दैलेख–२, दाङ–२ र दैलेख–१ मा झिनो मतान्तर थपियो । दैलेख–२ मा दिक्पालबहादुर शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १६७ भोटले पराजित गरेका थिए ।

त्यस्तै, दाङ–२ एमाले महाचविव शंकर पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले १९३ भोटले हराएकी थिइन् ।

दैलेख–१ एकीकृत समाजवादीका अम्मरबहादुर थापा १८ हजार २९७ मत सहति नर्वाचित हुँदा एमालेका रवन्द्रिराज शर्माले १७ हजार ४४५ मत पाएका थिए । दैलेख–२ मा कांग्रेसका दिक्पालबहादुर शाहीले २० हजार १८३ र एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजा १६ मत पाएका थिए ।

यो क्षेत्रमा समानुपातिक तर्फ एमाले १७ हजार ३१७ र कांग्रेसले १५ हजार ५०४ भोट ल्याएको थियो ।

नवगठति प्रलोपाको भोट कति ? अनुमान लगाउने विगतको आंकडा छैन । तर झिनो मतले पराजित भएको ठाउँमा एमालेलाई लाभ पुग्न सक्छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसको साथ पाउँदा पनि थोरै मतले जितेका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई दुई दल बीचको तालमेलले अफठ्यारो पार्न सक्ने देखिन्छ।

जस्तो दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८८० पाउँदा एमालेका शंकर पोखरेलले २६ हजार ६८७ मत पाएका थिए । जबकी समानुपातिक तर्फ यो क्षेत्रमा एमालेको २३ हजार ५६८ र माओवादीको १० हजार ८२० तथा एकीकृत समाजवादीको ७८२ मत थियो ।

दैलेख १ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले एमालेका रविन्दराज शर्मालाई ८५२ मतले पराजित गरेका थिए । यो क्षेत्रमा समानुपातिकमा एमालेको १६ हजार ३१३ र एकीकृत समाजवादीको तीन हजार १६६ र माओवादीको दुई ६४५ मत थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More