― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsएमाले दाङद्वारा रक्तदान कार्यक्रम आयोजना – KhabarHost

एमाले दाङद्वारा रक्तदान कार्यक्रम आयोजना – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा(एमाले) दाङले बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ।
  • २०७१ साल कात्तिक २७ गते मध्यावधि निर्वाचनमा एमाले र्‍यालीमा आक्रमण हुँदा तीन जनाको निधन भएको थियो।
  • एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको जिल्ला सचिव स्याम डाँगीले जानकारी दिए।

१७ कात्तिक, काठमाडौं। बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा नेकपा(एमाले) दाङले बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ।

२७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपूर्ण र्‍यालीमा आक्रमण हुँदा नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेको निधन भएको थियो। त्यसैको स्मृतिमा एमाले दाङले रक्तदान कार्यक्रम गरेको हो।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता भएको कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य नरुलाल चौधरी पनि सहभागी थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो।

त्यसक्रममा रक्तदान लक्ष्मण आचार्य, हुकुमबहादुर बस्नेत, मनोहर बुढाथोकी, संगीत बस्याल, सुदन केसी, माधव वली, देवु बस्नेत, प्रदीप बस्नेत, गोविन्द बस्नेत, प्रेमनाथ योगी, विष्णु कालाथोकि, कपिल लामिछाने, रामबहादुर पौडेल, प्रेमलाल खत्री, शिशिर पौड्ल, राकेश परियर, टिकाराम पौडेल, गणेशप्रताप पुन, सम्राट भण्डारी, अजय गौतमलगायतले रक्तदान गरेको जिल्ला सचिव स्याम डाँगीले जानकारी दिए।





Read More