― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsएमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब


एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक



२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।

४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरुलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको गौतमले जानकारी दिए । त्यसको क्लस्टर तयार पार्न पार्टी नेतृत्वलाई जिम्मा दिइएको उनको भनाइ छ ।

‘अन्डर फोर्टी भनेर जो प्रतिनिधि आएका छन्, त्यसको क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ । पुराना विद्यमान क्लस्टरहरुमा युवाहरुको प्रतिनिधित्व गराउने कुरामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुको विशेष जोड छ,’ उनले भने, ‘त्यसमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझै भनेर भन्दा अन्डर फोर्टीको १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’

उनले यस विषयलाई छलफल गरेर अन्तिम निष्कर्षमा पुर्‍याउने बताए ।

नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले  गत भदौमा आयोजित विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । त्यसमा पहिलेको वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाइएको छ । कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।

केन्द्रीय कमिटीले गरेको सो निर्णय महाधिवेशनको बन्दसत्र हलबाट अनुमोदन गराइने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More