― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsएमाले उपाध्यक्ष पाण्डे – KhabarHost

एमाले उपाध्यक्ष पाण्डे – KhabarHost



२६ कात्तिक, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकार २१ फागुनमा चुनाव गराउने बाटोतिर नरहेको बताएका छन् ।

चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष पाण्डेले राजनीतिक, प्राविधिक अन्य कानुनी तयारीका हिसावले हेर्दा सरकार चुनाव गराउने बाटोमा नलागेको बताए ।

उनले अबको १०/१५ दिनभित्र २१ फागुनमा चुनाव हुन्छ कि हुँदैन भनेर प्रस्ट चित्र आउने बताए ।

‘राजनीतिक दलका प्रमुख नेताको मुख नै हेर्दिन भनेर कसरी चुनाव सम्भव हुन्छ ? दलहरूलाई सरकारले विश्वासमा लिन सकेको देखिँदैन, प्राविधिक तयारी पनि छैन, मनोवैज्ञानिक रूपमा पनि सरकार चुनाव गराउन सक्छु भन्ने अवस्थामा छैन,’ नेता पाण्डेले भने, ‘अहिलेको राजनीतिक समाधान चुनाव भए पनि सरकारले चुनावी माहोलतिर देशलाई लैजान सकेको छैन ।’

देशमा राजनीतिक रूपमा निकै तरल अवस्थामा रहेको भन्दै नेता पाण्डेले फागुन २१ मा चुनाव नै भएछ भने पनि मुलुक राजनीतिक निकासको बाटोमा जान निकै समस्या देखेको बताए ।

एमाले संसद् पुर्नस्थापना र चुनावको तयारी पनि सँगसँगै गरिरहेको भन्दै नेता पाण्डेले चुनाबबाट एमाले नभाग्ने स्पष्ट पारे ।

एमाले राष्ट्रपति, प्रधानमन्त्री निर्वाचन आयोग सबैले आयोजना गरेका बैठकमा गएको भन्दै उपाध्यक्ष पाण्डेले सरकारको औपचारिकताले मात्रै नपुग्ने बताए ।

विदेशमा बसेका नेपालीलाई मतदानको अधिकार दिने विषय राम्रो भए पनि त्यसका विभिन्न उल्झन र कानुनी बाटोहरूका बारेमा सरकार र आयोगले गरेको तयारीले नपुग्ने उनको भनाइ छ ।

संसद् पुनर्स्थापनाका लागि राजनीतिक दल, अदालत र अन्य शक्तिहरू एक ठाँउमा आउने सम्भावना तत्काल नरहे पनि भविष्यमा हुन सक्ने दाबी नेता पाण्डेको छ ।

संसद् पुनर्स्थापना गरेर संविधानका केही प्रावधानहरूमा स्पष्टता पार्न संशोधन गरेर चुनावमा जाँदा दिगो राजनीतिक समाधान हुन सक्ने उनको तर्क छ ।

अहिलेकै संविधान अनुसार चुनाव, संविधान संसोधनपछि मात्रै चुनाव वा नयाँ संविधान बनाएर जाने भन्ने जस्ता विविध विचारहरू छरिएको भन्दै भए नेता पाण्डेले सही राजनीतिक निकासका लागि प्रमुख दलहरू एकठाँउमा आउनुपर्ने बताए ।

अर्को फरक प्रसंगमा एमालेका उपाध्यक्ष पाण्डेले २३ भदौमा भएको घटनाको जिम्मेवारीबाट तत्कालीन सरकार पन्छिन नमिल्ने बताए ।

२४ भदौको घटना २३ भदौको घटनासँग अन्तरसम्बन्धित रहेको भन्दै दुवै दिनको घटनाको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने  उनको माग छ ।

पहिलो दिनको घटनामा सरकार दोषी भएजत्तिकै २४ भदौको घटना पनि अक्षम्य अपराध रहेको उनको भनाइ छ ।

एमाले सरकारमा भएको बेला घटना घटेकोले यो घटनाको दागबाट मुक्ति पाउन पनि निष्पक्ष छानबिन भएर दोषीमाथि कारबाही हुनुपर्ने नेता पाण्डेले बताए ।

एमालेको आगामी महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने भन्दै एमालेको रौं-रौंमा लोकतान्त्रिक कल्चर रहेको नेता पाण्डेले बताए ।

पार्टी अध्यक्षसहित अन्य नेता को कसरी उठ्न वा कसरी जाने भन्ने बारेमा स्पष्ट हुन बाँकी रहेकोले केही समय पछि नै पार्टीमा यसबारेमा धारणाहरू बाहिर आउने नेता पाण्डेले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More