― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsएनपीएलको तयारी पूरा, खेल राति पनि हुने – KhabarHost

एनपीएलको तयारी पूरा, खेल राति पनि हुने – KhabarHost



२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।

नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलमा १५ करोड ३० करोड प्रायोजकबाट आउने अपेक्षा रहेको बताए ।

‘टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयव्ययबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।

संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’

आज नै लिनर टिभी फाइनल भएको छ । त्यसको न्युनतम रकम एक करोड रहेको छ । त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उनको भनाइ छ ।





Read More