― Advertisement ―

HomeLatest newsएनपीएलको ‘एपरेल पार्टनर’मा एक्स स्टेप नेपाल – KhabarHost

एनपीएलको ‘एपरेल पार्टनर’मा एक्स स्टेप नेपाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नर बनेको छ।
  • रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे।
  • एनपीएल दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित टीयु मैदानमा हुनेछ।

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ।

एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता यो वर्षका लागि रहनेछ।

रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले धेरै वर्ष देखि एक्स स्टेपको स्पोर्टस वेयर नेपालमा विक्री गर्दै आउने क्रममा विभिन्न खेलमा प्रायोजन गरेको र पहिलो पटक क्रिकेट त्यसमा पनि लोकप्रिय एनपीएलमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

एनपीएलको दोस्रो सिजन मंसिर १ गतेदेखि २७ सम्म कीर्तिपुरस्थित टीयु मैदानमा हुनेछ।





Read More