― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsएनपीएलका कूल बाउन्ड्री बराबर प्रेसिडेन्सियल कलेजले कफीका विरुवा रोप्ने

एनपीएलका कूल बाउन्ड्री बराबर प्रेसिडेन्सियल कलेजले कफीका विरुवा रोप्ने


राष्ट्रिय

समाचार.

  • नेपाल प्रिमियर लिगको एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा हरेक चौकामा चार र छक्कामा छ वटा कफीका विरुवा रोप्ने घोषणा गरेको छ।
  • कलेजका अध्यक्ष लक्ष्मण केसीले कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग सहकार्य सुदृढ बनाउन मद्दत गर्ने बताए।
  • प्रेसिडेन्सियल ग्राजुएट स्कुलले शैक्षिक संस्था कक्षा कक्षाभित्र सीमित नभई ग्रामीण विकास र स्थानीय उत्पादन प्रवर्द्धनमा सक्रिय हुनुपर्ने मान्यता राख्दै कफी खेतीमार्फत कृषकलाई सहयोग र तालिम दिने योजना ल्याएको छ।

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ।

कलेजका अनुसार खेलमा हरेक चौकामा चार र हरेक छक्कामा छ वटा गरी कफीका विरुवा रोप्ने निर्णय गरिएको हो। ‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ’ कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए।

यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन। उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ।

कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो। कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो। त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा विरुवा रोपिने दर कायम गरिएको थियो।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More