४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एनपीएल हेर्न आउने दर्शबाट शुल्क उठाउन कसैलाई अनुमति नदिएको जनाएको छ ।
त्रिविले एक सूचना जारी गरेर भनेको छ, ‘नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरु रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पार्किङ शुल्कबारे कसैसँग सम्झौता नगरिएको त्रिविले जनाएको छ ।
‘स:शुल्क पार्किङ्ग सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरुसंग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


