― Advertisement ―

HomeLatest newsएनपीएल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्‍चालन...

एनपीएल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्‍चालन हुने


राष्ट्रिय

समाचार.

  • युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघले दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेका छन्।
  • मन्त्री गुप्ताले मुस्कान ट्राभल्ससँग सहकार्य गरी खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म बस सेवा उपलब्ध गराउने जानकारी दिनुभयो।
  • बस सेवा काठमाडौंका चार रुटहरूमा उपलब्ध हुनेछ जसमा टीयू गेटदेखि स्वयम्भू, बालाजु, महाराजगञ्ज, बल्खु, कालिमाटी, थापाथली, बनेश्वर, तिनकुने, गौशाला र चाबहिल समावेश छन्।

३ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको मन्त्री गुप्ताले जानकारी दिएका छन् ।

मन्त्री गुप्ताले नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको जानकारी दिएका छन् । उनका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

हेर्नुहोस् रूटहरू

रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More