― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsएनकेएल ‘प्लेयर ट्रायल’ सुरु, १८० खेलाडी सहभागी – KhabarHost

एनकेएल ‘प्लेयर ट्रायल’ सुरु, १८० खेलाडी सहभागी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल कबड्डी लिग (एनकेएल) दोस्रो सिजनको लागि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार प्लेयर ट्रायल्स सुरु भएको छ।
  • प्लेयर ट्रायल्समा ५१२ दर्ता भएका खेलाडीमध्ये १८० खेलाडी सहभागी छन् र पहिलो दिन ९० खेलाडीले प्रतिस्पर्धा गरे।
  • एनकेएलले नेपाल कबड्डी संघको सहकार्यमा उत्कृष्ट खेलाडीलाई ड्राफ्टमार्फत् ६ टिममा छनोट गर्ने योजना बनाएको छ।

२७ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार ‘प्लेयर ट्रायल’ सुरु भएको छ ।

यसमा उत्कृष्ट प्रदर्शन गर्दै एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् ।

नेपाली कबड्डीमा व्यावसायिक प्रतियोगिता प्रारम्भ गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनको लागि दर्ता भएका ५१२ जना खेलाडीमध्ये प्राविधिक टोलीको छानेका १८० खेलाडीलाई प्लेयर ट्रायलमा सहभागी गराएको हो ।

दुई दिने ट्रयलको पहिलो दिन आइतबार ९० खेलाडीले प्रतिस्पर्धा गरे । व्यक्तिगत रुपमा दर्ता भएपनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो क्षमता देखाउने आयोजकले जनाएको छ ।

प्लेयर ट्रयलमा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर (काठमाडौं माभिरक्सका मार्की र एनकेएल पहिलो सिजनका सर्वोत्कृष्ट खेलाडी), महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सक्रिय सभागिता रहेको छ ।

ड्राफ्टमा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।

एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रयलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गर्ने एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।

फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।

 





Read More