― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsएनएमए कोशी प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिने डा. बाराकोटीको घोषणा

एनएमए कोशी प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिने डा. बाराकोटीको घोषणा



२८ मंसिर, काठमाडौं । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ चिकित्सक डा. टंकप्रसाद बाराकोटीले नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनमा कोशी प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

डा. बाराकोटीले सामाजिक सञ्जालमा कोशी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।

‘नेपाल चिकित्सक संघको चुनावमा कोशी प्रदेशको उपाध्यक्ष पदका उम्मेदवारी घोषणा गर्दछु,’ बाराकोटीले भनेका छन्,‘ हाल कोशी प्रदेशमै कार्यरत रहेकाले सबैले यो जिम्मेवारीका लागि मलाई विश्वास गर्नुहुन्छ भन्ने आशा लिएको छु ।’

डा. बाराकोटीले उम्मेदवारी डा. मंगल रावलको नेतृत्वमा रहेको प्रगतिशील एवं सुधारवादी प्यानलसँग जोडिएको स्पष्ट पारेका छन् ।

उनले आफ्नो प्रमुख कार्यसूचीका रूपमा चिकित्सक हकहितसँग सम्बन्धित ‘डा. बाराकोटी प्रतिवेदन’ लाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

‘म डा. मंगल रावल र उनको टोलीसँगै छु । हाम्रो कार्यसूची कार्यान्वयन गर्न तथा सम्पूर्ण चिकित्सा समुदायको हितका लागि काम गर्ने भएकाले समर्थन गरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछु,’ डा. बाराकोटीले भनेका छन् ।

बाराकोटीसँग मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत काम गरेको अनुभव छ ।  लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका थिए । उनी लामो समय मेची अस्पतालमा सक्रिय चिकित्सक हुन् भने केही समय उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा पनि काम गरेका थिए ।

तर स्वास्थ्यको र परिवारिक कारण देखाउँदै उनले गत कात्तिकमा सरकारी सेवाबाट राजीनामा दिएका थिए । उनको कार्यलय अझै दुई वर्ष बाँकी नै थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More