राष्ट्रिय
समाचार.
- एबेरेची एजेले ह्याट्रिक गरेपछि आर्सनलले घरेलु मैदानमा टोटनहाममाथि ४-१ गोलअन्तरले जित हासिल गरेको छ।
- आर्सनलका लागि ट्रोसार्डले एक गोल गरे भने टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरेका थिए।
- जितपछि आर्सनलले १२ खेलमा २९ अंकसहित शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।
८ मंसिर, काठमाडौं । एबेरेची एजेले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो ।
एजेको ह्याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे ।
खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अगाडि रह्यो ।
दोस्रो हाफको ४६औं मिनेटमा एजेले व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा फेरि गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि रिचार्लिसनले ५५औं मिनेटमा गोल फर्काएका थिए ।
जितपछि आर्सनलले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । आर्सनलको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको चेल्सीको समान खेलमा २३ अंक छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

