― Advertisement ―

माइक्रोसफ्टका सह-संस्थापक र पूर्व सीईओ बिल गेट्सद्वारा दिनको उद्धरण: ‘हामी सधैं अर्को दुई वर्षमा हुने परिवर्तनलाई अतिआंकलन गर्छौं र दसमा हुने परिवर्तनलाई कम आँकलन...

बिल गेट्स एक स्ट्यान्ड-आउट टेक्नोलोजी अग्रगामीहरू मध्ये एक हुन्, र उनले धेरै वर्षको लागि माइक्रोसॉफ्ट। जब नयाँ प्रविधिहरू देखा पर्छन्, यो उत्साहित हुनु सामान्य...
HomeLatest newsएकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन

एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन



२०, मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय र मोर्चा संगठनहरूलाई पार्टी एकताको आवश्यकताबारे व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको छ ।

कम्युनिस्ट पार्टीले पहिलो अन्तर पार्टी (अपानि) निर्देशन जारी गरेर जनवर्गीय र मोर्चा संगठनहरूलाई एकताको औचित्य, महत्व र एकीकरणका लागि भएको सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको हो ।

पार्टी निर्माणका लागि प्रचार र प्रकाशनको काम ज्यादै महत्त्वपूर्ण रहेको भन्दै प्रचारात्मक कामले मानिसको शरीरमा रक्तसञ्चारजस्तै काम गर्ने अपानिमा उल्लेख छ ।

‘प्रचार–प्रसारको महत्वलाई गम्भीरतापूर्वक ध्यानमा राखेर सबै तहका पार्टी र जनवर्गीय संगठनहरूले प्रचारात्मक कामलाई व्यवस्थित र योजनाबद्धरूपमा अघि बढाउनु पर्दछ,’ अपनिमा भनिएको छ, ‘प्रचार र प्रकाशन क्षेत्रको कामलाई व्यवस्थित गर्नका लागि विस्तृत कार्ययोजना पछि पठाइने छ ।’

पार्टीले अपानिमार्फत् पार्टीका प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका, वडा, टोलहरूमा पार्टी र जनवर्गीय संगठनका कार्यालयहरू तत्काल स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न भनिएको छ ।

‘पार्टी कार्यालय भनेको सूचना संकलन र संप्रेषणको माध्यम हो, सम्पर्कको केन्द्र हो र पार्टी कामको मुटु हो । यही महत्वलाई ध्यानमा राखेर सबै तहमा तत्काल पार्टी कार्यालयहरू स्थापना र सञ्चालन गर्न जरुरी छ,’ अपानिमा लेखिएको छ ।

प्रचारात्मक कामका लागि दिइएका निर्देशन यस्ता छन् :

१. पार्टी एकताको ऐतिहासिक आवश्यकता, औचित्य, महत्व र एकीकरणका सन्दर्भमा भएका सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्ने ।

२. नेपाली कम्युनिस्ट पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, घोषणापत्र र प्रतिबद्धताहरूको आम जनता र कार्यकर्ताबिच व्यापक प्रचार गर्ने ।

३. एकतामा सहभागी पार्टीका नेता, कार्यकताबीच एकआपसमा सौहार्दता, समझदारी र भावनात्मक एकता कायम गर्ने सामग्रीहरू प्रचार गर्ने ।

४. निर्वाचनमा मतदाताहरूलाई आकर्षित गर्ने नयाँ–नयाँ प्रचार सामग्रीहरू उत्पादन र ती सामग्रीहरूको व्यवस्थित प्रचारको काम गर्ने। प्रचार कार्यलाई आक्रामक बनाउने ।

५. विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, पर्चा, टिसर्ट, क्याप, स्टिकर, पोष्टरलगायत विभिन्न तरीकाबाट पार्टीको चुनाव चिन्ह पाँचकुने ‘तारा’ को व्यापक रूपमा प्रचार गर्ने ।

६. नवयुवा पुस्ता र आधारभूत वर्गका व्यक्तिहरूलाई पार्टीमा जोडिन प्रेरित गर्ने सामग्रीहरू प्रचार गर्ने ।

७. विभिन्न सञ्चार माध्यमहरू, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलगायत प्रचारका सबै माध्यमहरूलाई पार्टीको पक्षमा सदुपयोग गर्ने ।

८. पुराना, भद्दा प्रचारका तरिकाको सट्टा आजको वस्तुगत परिस्थितिअनुसार आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी प्रचारलाई सहज, छरितो र जनताको दिल छुने गरी प्रचार अभियान सञ्चालन गर्ने ।

९. ह्वाट्सएप, मेसेन्जर, भाइवर ग्रुपहरू बनाएर व्यवस्थितरूपमा चलाउने, पार्टी र चुनावी सामाग्रीहरू प्रचार गर्ने, त्यस्ता सामग्रीहरू शेयर र पोष्ट गर्ने कामलाई व्यापक बनाउने ।

१०. आ–आफ्नो क्षेत्रमा उपयुक्त हुने, सुहाउँदो प्रविधिमैत्री प्रचारका माध्यम र तरिकाहरू अपनाउने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More