― Advertisement ―

शीर्ष वर्डप्रेस स्लाइडर प्लगइन मालवेयर फैलाउन अपहरण गरियो – यहाँ के हेर्नु पर्छ

Smart plugin अपडेट गर्नुहोस् ब्याकडोरहरूमलिसियस संस्करण 3.5.1.35 800,000+ साइटहरूमा पुश गरियोनेक्स्टन्डवेबले क्लिन रिलीज गर्न रोलब्याक वा अपग्रेड गर्न आग्रह गर्दछयदि तपाईँले स्मार्टलिङ्क-डेटानालाईन प्रयोग गर्दै...
Homeराष्ट्रिय समाचारएकता सभामा सहभागी हुन जनार्दनलाई प्रचण्डको आग्रह – KhabarHost

एकता सभामा सहभागी हुन जनार्दनलाई प्रचण्डको आग्रह – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
  • प्रचण्डले बुधबार हुने पार्टी एकता घोषणा सभामा सबै नेताहरूलाई सहभागी हुन अपिल गरेका हुन्।
  • शर्माले पार्टी त्यागेर प्रगतिशील अभियान, नेपाल नामक अभियान घोषणा गरेका छन्।

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन आग्रह गरेका छन्।

विभिन्न ९ दलसँग बुधबार हुन लागेको पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गर्न मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई पार्टीमा फर्कन आग्रह गरेका हुन्।

एकता सम्बन्धी प्रस्ताव पारित गर्न माओवादीको बैठक चलिरहँदा शर्माले माओवादी त्यागेको घोषणा गर्दै छुट्टै पत्रकार सम्मेलन गर्दै प्रगतिशील अभियान, नेपाल नामको अभियान घोषणा गरेका थिए। केही वर्षदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गर्दै आएका शर्माले माओवादी त्यागेसँगै राजनीतिमा युवा पुस्तालाई स्थापित गराउन अभियान चलाउने बताएका छन्।

अब देशको नेतृत्व युवा पुस्ताको हातमा आउनु पर्ने भन्दै शर्माले राजनीतिमा युवा पुस्तालाई स्थापित गर्न अभियान चलाउने उद्घोष गरे। पत्रकार सम्मेलनमा शर्मासँगै राम कार्की, अञ्जना विशुंखे पनि थिए।

त्यसरी गएका नेताहरूलाई आयोजक समितिको बैठकमार्फत् प्रचण्डले बुधबार आयोजना हुने एकता घोषणा सभामा सहभागी हुन अपिल गरे।

‘पार्टी नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होइन,’ प्रचण्डले भने, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ। हामी पनि त्यसबाट सिक्नेछौं।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More