― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsएउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुन्छ : ज्ञवाली –...

एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुन्छ : ज्ञवाली – KhabarHost


Photo Credit : चन्द्रबहादुर आले/अनलाइनखबर


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बाँचुन्जेल बस्नु लोकतन्त्र र पार्टी कमजोर हुने बताएका छन्।
  • ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई बाँचुन्जेल कार्यकारी पदमा नबस्न सुझाव दिएका छन्।
  • उनीहरूले पार्टीमा युवा पुस्तालाई ल्याउनुपर्ने र आफूले अब चुनाव नलड्ने घोषणा गरेका छन्।

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताएका छन् । उनले बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव समेत दिए ।

पार्टीको एघारौं महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, बाँचुन्जेल कार्यकारी पदमा बस्नु हुन्न लोकतन्त्र कमजोर हुन्छ ।

उनले अगाडि भने, ‘अध्यक्ष ओली मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरुलाई, नेताहरुलाई तपाईंहरु बाचुन्जेल कार्यकारी पदमै बसिरहने मान्यताबाट पछि हट्नुस् । यसो गर्नु हुन्न । यसले लोकतन्त्र कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ ।’

उनले पार्टीमा युवा पुस्तालाई ल्याउनुपर्ने धारणा राखे ।

‘नयाँ जेनेरसनलाई ल्याउनुपर्छ । अबको युग नयाँको हो । हामीले युवाहरुलाई पार्टीमा भर्नुपर्यो, अगाडि बढाउनुपर्यो । हामीले छोड्दै गएपछि नयाँ आउँछ,’ ज्ञवालीले भने, ‘हामीले छोड्दै नछोडेपछि नयाँ कसरी आउँछ ?’

उनले अहिले आफूहरुले भनेजस्तो नभए आगामी महाधिवेशनमा लागु गर्नुपर्ने बताए । ‘अहिले हामीले भनेको जस्तो लागु भएन भने बाह्रौंमा लागु गर्नुपर्छ, तेह्रौंमा लागु गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘जीवन भनेको अनन्त रूपमा चलिरहने कुरा हो ।’

एमालेका निवर्तमान उपाध्यक्ष ज्ञवालीले आफू ७० वर्ष पुगिसकेको भन्दै अब पार्टी चुनाव नलड्ने घोषणा गरेका छन् ।





Read More