राष्ट्रिय
समाचार.
- न्युजिल्यान्डमा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ नेपाली खेलाडी बुधबार अकल्यान्ड प्रस्थान गरेका छन्।
- प्रतियोगितामा विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बोले समान २–२ पुरुष/महिला खेलाडीको रूपमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
- प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षण न्युजिल्यान्डमै रहने उप–महासचिव राजीव महर्जनले बताएका छन्।
३ मंसिर, काठमाडौं । न्युजिल्यान्ड मा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् ।
नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्ने छन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।
टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्युजिल्यान्डमै रहने उप–महासचिव महर्जनले जनाएका छन् ।
प्रशिक्षणले २० औं एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उप–महासचिव महर्जनले बताए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

