― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsउपाध्यक्ष प्रधान – KhabarHost

उपाध्यक्ष प्रधान – KhabarHost



१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अब राप्रपा कहिल्यै नफुट्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि राप्रपा भन्नासाथ टुटफुटको उदाहरणको रुपमा लिने गरिएको भए पनि अब त्यस्तो हुन नहुने उनको भनाइ थियो ।

‘यदी आफ्नो इच्छा, आकांक्षा, स्वार्थ मात्रै हेरियो भने हामीले पटकपटक जुन अवस्था भोग्नुपर्‍यो, राप्रपा भनेपछि टुटफुटको उदाहरणको रुपमा देखिन्थ्यो,’ प्रधानले भने, ‘मैले भन्दैछु, यो इपिसोड समाप्त भएको छ । अब यो कहिल्यै फुट्दैन । जुट्दै जान्छ, ठूलो हुँदै जान्छ, विशाल हुँदै जान्छ ।’

अब राप्रपाले मात्रै नभइ अन्य दलले पनि एकता भन्न थालेको उनले बताए ।

‘हामी पूराना पार्टी, मान्छे बुढा हो । तर हामीले इतिहासलाई कायम गर्नुपर्नेछ । देशलाई बचाउनुपर्ने छ,’ उनले भने, ‘त्यसका लागि मिहेनत गर्न नपर्ने ?’

एकताको अपरिहार्यतालाई अब मनन गरेर अघि बढ्नुपर्ने उनले बताए ।





Read More