― Advertisement ―

HomeLatest newsउद्योगमा लामो समय लाइन काटिएपछि खोल्न मध्यमार्गी पहल गरिएको हो : महासंघ...

उद्योगमा लामो समय लाइन काटिएपछि खोल्न मध्यमार्गी पहल गरिएको हो : महासंघ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको विषयमा मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरेको बताएको छ।
  • महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काटिएको लाइन जोड्ने, धरौटीको एक किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने सहमति भएको जानकारी दिनुभयो।
  • महासंघले सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीहरूसँग मौखिक छलफलमा यस्तो सुझाव दिएको र निर्णय लिखित नभएको उल्लेख गरेको छ।

१८ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको लामो समय भएका कारण त्यसको मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरिएको बताएको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘महासंघले काटिएको लाइन जोड्ने, धरौटीका रूपमा एउटा किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने गरी सहमति गरेको हो ।’

महासंघ कुनै न्यायिक निकाय नभएका कारण यसलाई मध्यमार्गी बाटोका रूपमा मात्र लिनुपर्ने उनले बताए । सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीहरूसँगको छलफलमा महासंघले यस्तो सुझाव दिएको हो । सोमबार भएको निर्णय लिखित नभएर मौखिकमात्र भएको उनले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More