― Advertisement ―

माइक्रोसफ्टको चकित खाता प्रतिबन्धले Windscribe, WireGuard VPN, VeraCrypt को लागि सुरक्षा प्याचहरू ब्लक गर्दछ

माईक्रोसफ्टको खाता थियो, WireCp, WindGpt अवरुद्धलकआउटले सफ्टवेयर अपडेट वा सुरक्षा प्याचहरू जारी गर्न रोक्छMicrosoft ले सक्रिय रूपमा खाताहरू पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छधेरै...
HomeLatest newsउद्योगमा काटेको बिजुली युनिटको ५ रुपैयाँ घाटामा भारत निर्यात गरिरहेछ प्राधिकरण

उद्योगमा काटेको बिजुली युनिटको ५ रुपैयाँ घाटामा भारत निर्यात गरिरहेछ प्राधिकरण


राष्ट्रिय

समाचार.

  • नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजारमा बिजुली निर्यात गर्दा लागतभन्दा प्रतियुनिट १.९५ रुपैयाँ घाटा बेहोरेको छ।
  • प्राधिकरणले निजी ऊर्जा उत्पादकबाट प्रतियुनिट न्यूनतम ४.८० रुपैयाँमा बिजुली किन्ने गरेको छ।
  • भारतमा निर्यात गर्दा प्रतियुनिट ६.४२ रुपैयाँ लागत लाग्ने र दैनिक ५ करोड रुपैयाँ घाटा भइरहेको प्राधिकरणले जनाएको छ।

१६ कात्तिक, काठमाडौं । मुलुकका विभिन्न आयोजनाले उत्पादन गरेको बिजुली खरिद–बिक्री नै गर्न नसकेर दैनिक करिब ५ करोड रुपैयाँ नोक्सान बेहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले भारत निर्यातबाट थप ठूलो घाटा बेहोरिरहेको तथ्या फेला परेको छ ।

विद्युत् प्राधिकरणले सबैभन्दा धेरै बिजुली भारतको खुला बजार (आईईएक्स) मा ‘डे अहेड’ व्यवस्थामा बेच्दै आएको छ । अहिले डे अहेड बजारमा बिजुली भाउ प्रतियुनिट ४८ पैसासम्म झरेको छ ।

भारतको आईईएक्स बजारमा विद्युत् माग र आपूर्तिका आधारमा भाउ तय हुन्छ । विद्युत् अभाव भएका बेला भाउ बढ्छ भने आपूर्ति धेरै भएका बेला घट्छ । यद्यपि, प्रतियुनिट १० भारुभन्दा धेरै भाउ बढाउन नपाइने नियम छ ।

इन्डियन इनर्जी एक्स्चेन्जको आइतबारको मूल्य अनुसार यो बजारमा प्रतिमेगावाट आवर २९९.७७ भारतीय रुपैयाँ (भारु) सम्म झरेको छ । यो भनेको प्रतियुनिट ३० पैसा अर्थात् नेपाली ४८ पैसा बराबर हो ।

तर, आज यो बजारको औसत दर प्रतिमेगावाट आवर २७७५.८६ भारु छ । यस अनुसार प्रतियुनिट २.७७ भारुमा त्यहाँ प्राधिकरणले विद्युत् निर्यात गरिरहेको छ । यो भनेको ४.४७ नेपाली रुपैयाँ हुन आउँछ ।

तर, प्राधिकरणले निजी ऊर्जा उत्पादकसँग किन्ने विद्युत्को न्यूनतम दर नै प्रतियुनिट ४.८० रुपैयाँ छ । त्यसमाथि वर्षैपिच्छे ३ प्रतिशतका दरले त्यो दर बढ्दै जान्छ ।

प्राधिकरणले आफ्नो प्रणालीमा जोडिएको विद्युत्मध्ये १३ प्रतिशत चुहावट (लिकेज) हुने जनाएको छ । त्यसो हुँदा नोक्सानी बापत प्राधिकरणलाई प्रतियुनिट ६२ पैसा लागत थपिन्छ । नेपाल–भारत क्रसबोर्डर प्रसारण लाइन प्रयोग गरेबापत प्रतियुनिट १ रुपैयाँ लागत पर्ने प्राधिकरण स्रोत बताउँछ ।

न्यूनतम विद्युत् खरिद लागत प्रतियुनिट ४.८० रुपैयाँ, प्राविधिक नोक्सानी बापत ०.६२ रुपैयाँ र ह्विलिङ चार्ज १ रुपैयाँ जोडेर भारतमा बेच्दा प्राधिकरणको लागत नै ६.४२ रुपैयाँ पर्न आउँछ । आइतबार निर्यात मूल्य र लागत मूल्यबीच अन्तर १.९५ रुपैयाँ पर्न आउँछ ।

३१ अक्टोबरमा भारतको आईईएक्स बजारको औसत दर प्रतिमेगावाट आवर २४३३.३२ भारु थियो । त्यस अनुसार प्राधिकरणले त्यस दिन निर्यात गरेको बिजुलीबाट औसत ३.९१ नेपाली रुपैयाँ मात्रै प्राप्त गरेको थियो । लागत मूल्य हिसाब गर्दा त्यो दिन बिजुली निर्यातबाट प्राधिकरणलाई प्रतियुनिट २.५० रुपैयाँ घाटा थियो ।

अक्टोबर महिनाभरिको औसत मूल्य भने प्रतिमेगावाट आवर २८ सय ५९ भारु थियो । त्यस अनुसार प्राधिकरणले प्रतियुनिट ४.५७ रुपैयाँ बिक्री मूल्य पाएको थियो ।

नेपालले भारतमा निर्यात अनुमति पाएको १ हजार १ सय २५ मेगावाटमध्ये करिब ६ सय २ सय मेगावाट दुई पक्षीय सम्झौता अनुसार हरियाणा र बिहारमा निर्यात गर्ने गरेको छ । त्यसबाहेक ५ सय २३ मेगावाट विद्युत् आईईएक्सको खुला बजारमा निर्यात हुन्छ ।

त्यसरी ५२३ मेगावाट विद्युत दैनिक  लागत मूल्यभन्दा २ रुपैयाँ सस्तोमा भारतमा बेच्नुपर्दा प्राधिकरणलाई दैनिक २ करोड ५१ लाख रुपैयाँ नोक्सान भइरहेको देखिन्छ ।

देशका ठूला उद्योगबाट प्राधिकरणको बिजुलीमा प्रतियुनिट औसत ९.५० रुपैयाँ तिरिरहेकोमा उनीहरूको बिजुली काटेर प्राधिकरणले साढे ४ रुपैयाँमा बेचिरहेको देखिएको छ ।

देशका ठूला २५ उद्योगको बिजुली काट्दा करिब ३ सय मेगावाट खपत रोकिन पुगेको छ । ती उद्योगमा जोडिएको त्यो विद्युत् चौबिसै घण्टा प्रयोग भएको मान्ने हो हो भने दैनिक ७२ लाख युनिट हुन आउँछ । त्यसबापत प्राधिकरणले करिब दैनिक ६ करोड ८४ लाख आम्दानी गर्ने थियो ।

तर, त्यही विद्युत् भारत निर्यात गरेको मान्ने हो पनि त्यहाँबाट उसले ३ करोड २२ लाख मात्रै आम्दानी गरिरहेको छ । ३ सय मेगावाट विद्युत् उद्योगीलाई नदिएर निर्यात गर्दा मात्रै प्राधिकरणलाई दैनिक करिब साढे ३ करोड रुपैयाँ नोक्सान भइरहेको हो ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा उद्योगको लाइन काट्दा प्राधिकरणले बिजुली उपयोग गर्न नसकी साढे ४ सय मेगावाट खेर गएको छ । त्यसबाट प्राधिकरणलाई दैनिक ५ करोड र निजी ऊर्जा उद्योगीलाई करिब ६ करोड घाटा भइरहेको छ ।

भारतको आईईएक्समा कुन महिना कति रह्यो बिजुलीको औसत बिक्री दर ?

इन्डियन इनर्जी एक्स्चेञ्जमा कुन महिना कति रह्यो प्रतियुनिट विद्युतको औसत दर
सन् २०२५ विद्युत विक्रीदर (प्रतिमेगावाट आवर भारुमा) प्रतियुनिट (भारु) प्रतियुनिट (नेरु)
जनवरी 4438.92 4.43892 7.102272
फेब्रुअरी 4381.3 4.3813 7.01008
मार्च 4466.82 4.46682 7.146912
अप्रिल 5203.06 5.20306 8.324896
मे 4129.75 4.12975 6.6076
जुन 3904.19 3.90419 6.246704
जुलाई 4189.14 4.18914 6.702624
अगस्त 4001.16 4.00116 6.401856
सेप्टेम्बर 3579.59 3.57959 5.727344
अक्टोबर 2669.01 2.66901 4.270416

 





Read More