― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsउद्योग-व्यवसाय क्षेत्रबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा को-को ?

उद्योग-व्यवसाय क्षेत्रबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा को-को ?


राष्ट्रिय

समाचार.

  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उद्योगी र व्यवसायीले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
  • नेपाली कांग्रेसका तर्फबाट विनोद चौधरी नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् र उनले राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताए।
  • नेकपा एमाले, रास्वपा, कांग्रेस लगायतका दलले विभिन्न क्षेत्रमा व्यवसायीलाई टिकट दिएर प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । यस क्रममा उद्योग-व्यवसायसँग सम्बन्धित क्षेत्रको समेत उत्साहजनक प्रतिनिधित्व रहेको छ ।

राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका रूपमा उद्योगी र व्यवसायीलाई टिकट दिएका छन् । नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसका तर्फबाट नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले मनोनयन दर्ता गर्दै आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताएका छन् । सोही भेगबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको भन्दै उनले यो अभियानलाई पूर्णता दिन उम्मेदवारी दिएको बताएका छन् ।

कांग्रेसले रसुवामा टिकट दिएका मोहन आचार्य समेत व्यवसाय क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । उनी निर्माण व्यवसायमा आबद्ध छन् । आचार्य गत निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

माेहन आचार्य

कांग्रेसले धादिङ-२ मा उम्मेदवार बनाएका रमेशप्रसाद धमला समेत पेसाले व्यवसायी हुन् । उनी पर्यटन व्यवसायमा आबद्ध छन् ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।

कांग्रेसको मोरङ-३ का उम्मेदवार सुनिल शर्मा स्वास्थ्य व्यवसायी हुन् । उनको मेडिकल व्यवसाय छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका उनी सञ्चालक हुन् ।

कांग्रेसका स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा पूर्वप्रमसख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक समेत हुन् । सोही क्षेत्रका एमालेका उम्मेदवार मीनप्रसाद गुरुङ समेत मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष हुन् ।

भरतराज ढकाल

सोही क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गरेका धनञ्जय रेग्मीसमेत व्यवसाय क्षेत्रबाटै प्रतिनिधित्व गर्छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वसीइओ हुन् । सोही पार्टीबाट काठमाडौं-९ मा उम्मेदवारी दर्ता गरेका डीपी अर्यालको पृष्ठभूमि पनि व्यवसाय हो । उनी म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय छन् ।

धनञ्जय रेग्मी

त्यस्तै यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले रुपन्देही-२ मा कांग्रेसबाट टिकट पाएका छन् । उनी सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका पनि अध्यक्ष हुन् ।

चुन्नप्रसाद पाैडेल

पर्सा क्षेत्र नम्बर-४ बाट उद्योगी अनिलकुमार रुँगटा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन खासगरी स्टिल तथा पाइप उत्पादनमा संलग्न छ ।

अनिल रुंगटा

व्यवसायी वीरेन्द्रप्रसाद कनौडियाले नेकपा एमालेबाट कपिलवस्तु-३ मा टिकट पाएका छन् । उनी चिनी तथा बैंकिङ व्यवसायमा आबद्ध छन् । विगतमा कांग्रेसको राजनीतिमा रहेका कनौडिया एमाले प्रवेश गरेर टिकट लिएका हुन् ।

यस्तै म्यानपावर व्यवसायी एलपी सावाँ लिम्बूले झापा-४ बाट उम्मेदवार बनेका छन् । यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित साँवालाई फेरि पनि सोही क्षेत्रमा एमालेले टिकट दिएको हो । सावाँ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।

संघका अर्का पूर्वअध्यक्ष तिलक रानाभाट कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बनेका छन् । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।

दाङ-२ बाट कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरे पनि म्यानपावर व्यवसायी हुन् ।

हुम्लामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढासमेत पेसाले व्यवसायी हुन् । उनी निर्माण व्यवसायी हुन् । उनी यसअघि २०७०, २०७४ र २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा काग्रेसबाट भिड्दै गरेका कर्णबहादुर बुढा उनकै सहोदर भाइ हुन् । उनी पनि व्यवसायी हुन् ।

धनबहादुर बुढा

यस्तैगरी नवलपुर-१ बाट एमाले उम्मेदवार बनेका भगिरथ सापकोटा सोही पार्टीको भ्रातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष हुन् ।

दोलखाबाट एमाले उम्मेदवार बनेका पार्वत गुरुङ जलविद्युत् तथा वन पैदावारसँग सम्बन्धित क्षेत्रका व्यवसायी हुन् । उनी विगतदेखि नै दोलखाबाट निर्वाचित हुँदै आएका छन् ।

जनमत पार्टीबाट सिरहा-४ मा निर्वाचनमा होमिएका वीरेन्द्रप्रसाद महतो समेत व्यावसायिक पृष्ठभूमिका नेता हुन् । उनी यसअघि जसपा नेपालमा थिए । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् । उनको परिवारबाट शिक्षा, स्वास्थ्य, बैंकसहित क्षेत्रमा लगानी छ । उनी व्यवसायी डा. उपेन्द्र महतोका भाइसमेत हुन् ।

वीरेन्द्रप्रसाद महताे

रास्वपाबाटै बारा क्षेत्र नम्बर ३ मा खल्तीका सहसंस्थापक अरविन्द साहले उम्मेदवारी दर्ता गराएका छन् । उनले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरण प्राथमिकता हुने समेत बताए ।

अरविन्द साह

रास्वपाबाटै उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पारसमणि गेलाल व्यावसायिक क्षेत्रबाटै प्रतिनिधित्व गर्छन् । उनी पार्टीमा उद्योग विभाग सचिवका रूपमा समेत कार्यरत छन् ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठसमेत उद्योग-व्यवसायबाट प्रतिनिधित्व गर्ने नेता हुन् । उनी पूर्व म्यानपावर व्यवसायी हुन् । साथै, होटल र घरजग्गामा समेत उनको लगानी छ ।

किसान श्रेष्ठ

काठमाडौं-१ मा स्वतन्त्र उम्मेदवारका रूपमा राइड सेयरिङ एप पठाओका सञ्चालक असिममानसिंह बस्नेत निर्वाचनमा होमिएका छन् । उनले आज उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वबैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष झपट बोहोरा एमालेबाट अछाम-१ को उम्मेदवार बनेका छन् । बैंक तथा अटो लगायत व्यवसायमा आबद्ध बोहोरा सदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्रीसमेत हुन् ।

झपट बोहोरा

कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द शिक्षा क्षेत्रमा आबद्ध छन् । उनी चितवनको बोस्टन इन्टरनेसनल कलेज तथा अंकुरम स्कुलका अध्यक्ष हुन् ।

आनन्दबहादुर चन्द

काठ व्यवसायी तथा पूर्वमन्त्री प्रेम आले पनि कैलाली क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका छन् ।

प्रेम आले

नेकपाबाट काठमाडौं-८ को उम्मेदवार बनेका सुमन सायमी मिठाई पसल सञ्चालक हुन् । उनी नेपालकै पुरानो मध्येको मिठाई पसल कालीमाटीस्थित ‘स्विट केभ’ का सञ्चालक हुन् ।

सुमन सायमी

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर कांग्रेसबाट कैलाली-२ को उम्मेदवार बनेका छन् । उनी लामो समयदेखि यातायात व्यवसायमा संलग्न छन् । कांग्रेसले स्याङ्जा-२ मा गण्डकी यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष भागवतप्रकाश मल्ललाई उठाएको छ ।

त्यस्तै कांग्रेसले सोलुखुम्बुबाट टिकट दिएका प्रकाशसिंह कार्की कार्गो व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य हुन् ।

सेयर कारोबारी हरि ढकाल यस पटक पनि रास्वपाबाट चितवन-१ मा उम्मेदवार बनेका छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

तथ्यांक सम्बन्धी व्यवसाय गर्ने मनिष झा धनुषा-३ बाट उम्मेदवारी दिएका छन् । रास्वपा प्रवक्ता समेत रहेका झा फ्याक्ट्स नेपालका संस्थापक हुन् ।

यसबाहेक अन्य धेरै व्यवसायीले चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More