― Advertisement ―

HomeLatest newsउद्धारमा ढिलाइ हुँदा नदीमा फसेको डमरूको मृत्यु – KhabarHost

उद्धारमा ढिलाइ हुँदा नदीमा फसेको डमरूको मृत्यु – KhabarHost



१८ पुस, धनगढी । कञ्चनपुरमा समयमै उद्धार नहुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो ।

नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे ।

स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरेका थिए तर दुवै निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयले बताए ।

मृत्यु भएको डमरूको उमेर करीब दुई महिनाको थियो ।

डिभिजन वन कार्यालय प्रमुख भन्छन्– निकुञ्जको लापरवाही

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरे ।

उनले डमरू नदीमा फसेको अवस्थामा रहेको थाहा पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोजे पनि सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जका वार्डेनको अनुमति बिना जान नदिने भन्दै रोकेको बताए । निकुञ्जले आफू पनि उद्धार नगर्ने र वनको टोलीलाई समेत रोकेकै कारण डमरूको मृत्यु भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले डमरूको उद्धारमा ढिलाइ भएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

दिउँसो २ बजेतिर डमरू नदीमा फसेको खबर प्राप्त भएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको उनको भनाइ छ ।

तर, बघिनी समेत घटनास्थल वरपर भएका कारण माउले नै डमरू लगोस् भन्ने कोणबाट प्राविधिकले रेकी गरेर बसे पनि कुर्दाकुर्दै मृत्यु भएको बताए ।

‘उद्धार टोली नगएको भन्ने कुरा गलत हो । चिकित्सकसहित हाम्रो प्राविधिक टोली समयमै घटनास्थल पुगेको थियो,’ चौधरीले भने, ‘माउ पनि वरिपरि भएकाले बच्चा माउले नै लगोस् भन्ने कोणले रातिसम्म प्राविधिक टोली कुरेर बसेको थियो तर डमरूको दु:खद मृत्यु भयो ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ४४ बाघको संरक्षण गरेर राखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More