― Advertisement ―

LinkedIn ले तपाइँको SMB लाई सफल र बढ्नको लागि आवश्यक पर्ने सबै उपकरणहरूको लागि एक-स्टप शप सुरु गर्दछ

चारमा तीनमा, नयाँ ब्रान्डको साथमा लिंकियम स्वीकार गरी प्रतिक्रिया दिँदै सदस्यतायसले भर्ती, मार्केटिङ र बिक्रीको बारेमा एक सिंहावलोकन राख्नको लागि केन्द्रीय ड्यासबोर्ड प्रदान गर्दछसदस्यताका...
HomeLatest newsउद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने – KhabarHost

उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • धरान फुटबल क्लबले २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक गरेको छ।
  • माघ २२ गते धरान एफसी र भारतको जर्जियन एफसीबीच उद्घाटन खेल हुनेछ।
  • प्रतियोगितामा १० टोली सहभागी छन् र विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ ।

आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ ।

यस संस्करणमा कूल १० टोलीको सहभागिता छ । जसमा ए डिभिजनका ५ क्लब छन् भने भारत र भुटानको एक-एक टोली छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार राशी हात पार्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ ।

सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More