― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsउज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै



९ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो ।

जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए ।

अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।  दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।

चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुन गइरहेको छ ।

यसअघि चुनावी एकता घोषणा कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालोको पार्टी कार्यालयमा हुने भनिएको थियो ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More