― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsइशानको शतक र अर्शदीपको पाँच विकेटमा न्युजिल्यान्डमाथि भारतको जित

इशानको शतक र अर्शदीपको पाँच विकेटमा न्युजिल्यान्डमाथि भारतको जित


राष्ट्रिय

समाचार.

  • भारतले इशान किशनको शतक र अर्शदिप सिंहको ५ विकेट प्रदर्शनमा न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल ४६ रनले जितेको छ।
  • भारतले २० ओभरमा ५ विकेट गुमाएर २७१ रन बनाएको थियो, जुन न्युजिल्यान्डविरुद्धको सबैभन्दा उच्च योगफल हो।
  • न्युजिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो, जसमा फिन एलेनले ८० रन बनाए।

१७ माघ, काठमाडौं । इशान किशनको शतक तथा बलिङमा अर्शदिप सिंहको ५-विकेट प्रदर्शनमा भारतले न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल जितेको छ ।

शनिबार तिरुवन्थपुरममा भएको हाइ स्कोरिङ खेलमा भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित हासिल गरेको हो । भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभर ४ बला सबै विकेट गुमाएर २२५ रन बनायो ।

फिन एलेनले शानदार सुरुवात दिलाएको भएपनि १० ओभरपछि लय गुमायो । नवौं ओभरमा ११७-१ को अवस्थामा एलेन ३८ बलमा ८० रन बनाएर आउट भएपछि न्युजिल्यान्डले निरन्तर विकेट गुमायो । इश सोधीले अन्त्यतिर ३९ रन बनाए भने रचिन रविन्द्रले ३० रन बनाए । डारिल मिचेलले २६ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा ५१ रन दिएर ५ विकेट लिए । अक्षर पटेलले ३ तथा वरुण चक्रवर्ती र रिंकु सिंहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २७१ रन बनाएको थियो । यो भारतको तेस्रो सर्वाधिक योगफल हो भने न्युजिल्यान्डविरुद्धको सबैभन्दा उच्च योगफल हो ।

इशान किशनले ४३ बलमा १० चौका र ६ छक्कासहित शानदार शतकीय पारी खेले । कप्तान सूर्यकुमार यादवले ६३ रन बनाउँदा हार्दिक पान्ड्याले ४२ अनि अभिषेक शर्माले ३० रन बनाएका थिए ।

न्युजिल्यान्डका लागि लकी फर्गुसनले २ विकेट लिँदा ज्याकब डफी, काइल जेमिसन र मिचेल सान्टनरले १-१ विकेट लिए ।





Read More