― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsइशान किशन र कुमार कुशाग्रा चम्किँदा झारखण्डले पहिलोपटक जित्यो सैयद मुस्ताख अली...

इशान किशन र कुमार कुशाग्रा चम्किँदा झारखण्डले पहिलोपटक जित्यो सैयद मुस्ताख अली ट्रफी


राष्ट्रिय

समाचार.

  • झारखण्डले सैयद मुस्ताख अली ट्रफी २०२५ को फाइनलमा हरियाणालाई ६९ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको छ।
  • कप्तान इशान किशनले ४९ बलमा १०१ रनको शतक बनाउँदै र कुमार कुशाग्राले ३८ बलमा ८१ रन जोड्दै झारखण्डलाई २६२ रनको विशाल स्कोर दिलाएका थिए।
  • हरियाणाले १९३ रनमा समेटिएपछि झारखण्डले उत्कृष्ट प्रदर्शन गरेको इशान किशन टी–२० अन्तर्राष्ट्रिय टोलीमा पुन: फर्किन सक्ने चर्चा सुरु भएको छ।

४ पुस, काठमाडौं । इशान किशन र कुमार कुशाग्राको शानदार ब्याटिङको सहयोगमा झारखण्डले सैयद मुस्ताख अली ट्रफी २०२५ को उपाधि जितेको छ। फाइनलमा झारखण्डले हरियाणालाई ६९ रनले पराजित गर्दै इतिहासमै पहिलो पटक टी–२० राष्ट्रिय उपाधि हात पारेको हो।

पुणेमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको झारखण्डले २० ओभरमा ३ विकेट गुमाउँदै २६२ रन बनाएको थियो, जुन यस प्रतियोगिताको फाइनलमा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो।

कप्तान इशान किशनले ४९ बलमा १०१ रनको विस्फोटक शतक बनाए भने कुमार कुशाग्राले ३८ बलमा ८१ रन जोडे। दुवैबीच दोस्रो विकेटका लागि १७७ रनको साझेदारी भयो, जसले खेल एकतर्फी बनायो। अन्त्यतिर अनुकुल रोयले २० बलमा अविजित ४० र रोबिन मिन्जले १४ बलमा अविजित ३१ रन जोड्दै झारखण्डलाई विशाल स्कोरसम्म पुर्‍याए।

जवाफमा हरियाणाले सुरुवातमै शीर्ष तीन विकेट गुमायो। यशवर्धन दालालले ५३ रन बनाएर केही समय संघर्ष देखाए पनि टोली दबाबमा रह्यो। अनुकुल रोय र सुषान्त मिश्राको प्रभावकारी बलिङका अगाडि हरियाणा १९३ रनमै समेटियो। मिश्राले ३ विकेट लिए भने अनुकुलले २ विकेट झारे।

यस उपाधिसँगै झारखण्डले आफ्नो पहिलो सैयद मुस्ताख अली ट्रफी जित्यो भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका इशान किशन टी–२० अन्तर्राष्ट्रिय टोलीमा पुन: फर्किन सक्ने चर्चा सुरु हुन थालेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More