― Advertisement ―

ओपनएआईले भन्यो कि माइक्रोसफ्टले ग्राहक आधार निर्माण गर्न हाम्रो क्षमता सीमित गरेको छ, नयाँ अमेजन सम्बन्धको प्रशंसा गर्दछ

यो माइक्रोसफ्टले आफ्नो वृद्धिलाई सहयोग गर्ने समयलाई खुला गर्छ, तर अब यसको विकासलाई सहयोग गर्छ भन्छ। विस्तार गर्नुहोस्AWS सँगको नयाँ साझेदारीले थप उद्यम ग्राहकहरूलाई...
HomeLatest newsइलाममा बालेनको घरदैलो (तस्वीरहरू) – KhabarHost

इलाममा बालेनको घरदैलो (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् र घरदैलो तथा कार्यकर्ता भेटघाट गरेका छन्।
  • बालेन शाहसँग इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का गोकुलबहादुर राई पनि थिए।
  • बालेन शाहले झापा, मोरङ र सुनसरीमा पार्टीका उम्मेदवारसँग भेटघाट गरी प्रचारप्रसारमा सक्रिय भूमिका खेलेका छन्।

८ माघ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् ।

इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर-२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए ।

झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट पनि मागे ।

मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।

उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More